Home / Event / Free WordPress Camp

Free WordPress Camp

Mar
29

तपाईलाई वेवसाइट कहाँ गएर बनाउने? कसरी बनाउने ? कति खर्च लाग्छ भन्ने जस्ता जिज्ञासाहरु छन् ?

यदि छ भने सो जिज्ञासाहरुको समाधान हामी गछौं, आउनुहोस् “Free WordPress Camp” मा सहभागी भई तपाई आप्नो व्यक्तिगत तथा व्यावसायिक वेवसाइट आफै बनाउनुहोस् ।

वर्डप्रेस के हो ?
वर्डप्रेस निशुल्क वेव सफ्टवेयर हो । यो एक बहुचर्चित ओपन सोर्स तथा फ्रि ब्लगिङ्ग सफ्टवेयर हो । जसबाट सजिलै, छिटो छरितो ढंगले आवश्यकता अनुसारको साना ठूला जस्तोसुकै किसिमका वेवसाइटहरु सजिलैसँग बनाउन सकिन्छ । हाल विश्वमा ६ करोड भन्दा बढीले यसको प्रयोग गरिरहेका छन् ।

वर्डप्रेसमा सबैभन्दा उत्कृष्ट कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरु भएकाले अन्य सफ्टवेयर भन्दा बढी चर्चित छ साथै अन्य सफ्टवेयरहरुको तुलनामा सिक्न पनि सरल र सहज छ । यसको प्रयोग साना देखि ठूला, चर्चित देखि बहुचर्चित सबै कम्पनीहरुले गरिरहेका छन । उदाहरणको लागि जस्तैः www.cnn.com
www.sony.com
www.onlinekhabar.com

वेव डिजाइनिङ्ग तथा वेव डेभलपमेण्ट कम्पनी वेवपेज नेपालले स्थापनाको छोटो समयमा गरेको सफलतापछि वेव डिजाइनिङ्ग सिक्न इच्छुक महानुभावहरुको लागि यो सुनौलो अवसर ल्याएको छ । WordPress सिक्न इच्छुक महानुभावहरुले समयमानै आप्नो नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौं ।

मितिः २०७० चैत १५ गते शनिबार
समयः बिहानको ११ बजे देखि ५ बजे सम्म
स्थानः होटल वाल्कर, चाउथे पोखरा

नाम दर्ताको लागिः ०६१ ५३२३०५, ९८५६०२६६९७, ९८०६७२४७७१
वेवपेज नेपाल, न्यूरोड पोखरा

पुनश्चः क्याम्पमा आउँदा ल्यापटप लिएर आउनुहोला ।

Top